२८ तारिखमा हुन लागेको सलमानको ‘द दबङ रिलोडेड टुर’ को लागि गायक–गायिकाहरू शिव परियार, सुबानी मोक्तान, सुशान्त केसी, त्रिशला गुरुङ, रोहित शाक्य, सबीर श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, स्वप्न सुमन, टुनाबेल थापा र संगीता दुलालले गायन प्रस्तुति दिने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा अभिनेत्रीद्वय मुना गौचन र माला लिम्बुले डान्स प्रस्तुति दिनेछन् । डान्स प्रस्तुतिको लागि अझै केही कलाकार थपिने आयोजकको भनाइ छ l साथै , डिजे प्रेम र रेडमसले डिजेइङ प्रस्तुति दिने भएका छन् भने सञ्जय गुप्ताले कन्सर्ट होस्ट गर्नेछन् । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ ।