नायक प्रदीप बास्तोलाले चर्चित कोरियोग्राफर स्वयत्ना योन्जन सँग मिलेर 'डन्सिङ स्टार नेपाल' मा प्रतिस्पर्धा गर्दै छन् । नायक प्रदीप बास्तोला चलचित्रमा मात्र नभै टेलिभिजन सिरिज तथा म्युजिक भिडियोहरूमा पनि चर्चामा रहेका कलाकार हुन । उनले सन २००९ मा कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको कलेज नामक सिरिजबाट अभिनय सुरुवात गरेका थिए । कलेजको निक पात्रबाट लोकप्रियता कमाएपछि प्रदीपलाई अभिनय करियर अगाडि बढाउन सजिलो भयो। नेपाली कथानक फिल्म 'अर्धकट्टी' र 'शुभ' लभमा अभिनय गरेका प्रदीपले कथा काठमाडौँ , पलाश ,लभ यु बाबा र कलियुग जस्ता फिल्महरूमा म्युजिक डिरेक्टर, गीतकार तथा गायकका रुपमा समेत काम गरेका छन् ।अश्वेत र दर्पन जस्ता नाटक मा थिएटर आर्टिस्टका रूपमा काम गरेका प्रदीपले 'बुगिवुगी' नामक रियालिटी सो पनि होस्ट गरेका छन् भने अन्य प्रोग्रामहरू पनि होस्ट गर्दै आएका छन् । दर्जनौँ म्युजिक भिडियोमा काम गरेका अभिनेता प्रदीपले केही अवार्डहरू पनि प्राप्त गरेका छन् । तर, मुख्य पेसा भने कलाकारितालाई बनाउँदै आएका प्रदीप दर्शक सामु अहिले भोटको लागि हात जोडी रहेका छन् तर चुनावका लागि भने पक्कै पनि होइन , यो भोट डान्सिङ स्टार नेपालका लागि हो । उनलाई भोट गर्नका लागि खल्ती याप डाउनलोड गरेर उनको र कोरीयोग्राफर फोटो मा क्लिक गर्नु पर्नेछ । प्रदीपको भोटिङ कोड ८ रहेको छ ।