फिल्म ‘के घर के डेरा’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। मुख्य भूमिकामा सुरक्षालाई निर्माण टिमले अनुबन्धित गरेका हुन् l दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्मलाई ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् l फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको छ। वैशाख २२ गतेबाट छायांकन हुने फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमानै गरिने छ l