फिल्म ‘हाम्रो स्वर्ग’को छायाङ्कन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहेको यस फिल्मको जुम्लाको पटमारा गाउँबाट छायाङ्कन सुरु गरिएको हो । निर्देशक बस्नेतले फिल्ममा मुख्य भूमिकामा नयाँ अनुहारलाई लिएका छन् । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहेको छ l रामकृष्ण बुड्थापाको कथा रहेको फिल्ममा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको फिल्ममा अभिनय रहेको छ । कर्णाली क्षेत्रको भाषा तथा भेषभुषा र रहनसहनलाई समेत प्रस्तुत गरिने फिल्मको कर्णाली प्रदेशको १० वटै जिल्लामा छायाङ्कन हुनेछ । ज्ञान कुमार कट्टेल छायाँकार रहेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गर्नेछन् । साथै फिल्ममा संगीत नवदत्त न्यौपानेको छ l