विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपाल बाट फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको छ । कान्स ९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा छानिएका छन् । १४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले स्थान बनाएको हो । नेपाल र हन्कङको संयुक्तमा निर्माण भएको 'लोरी' नै पहिलो फिल्म हो जसले कान्समा स्थान बनाउन सफल बनेको हो l औपचारिक रुपमा छानिएको यो पहिलो फिल्म हो l नेपालसहित चीन, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, कोस्टारिका, लिथुआनियाका फिल्म पनि छनोट भएका छन् । कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्स हुँदैछ ।