फिल्म ‘परस्त्री’को छायांकन समापन भएको छ । ४० दिनमा फिल्मको सम्पूर्ण छायाङकन सक्किएको हो l रिने सिनेमाको शुभ मुहूर्तसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।  डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । लेखक तथा निर्माता दीपेन्द्र के खनालको कथा रहेको फिल्मलाई नीरज कँडेलले खिचेका छन् । कार्तिक ६ गतेलाई रिलिज मिति तय गरिएको हो l