दशैँ आउन केही साता मात्र बाँकी रहदा दशैँ तिहारका गीतहरु भने सार्बजनिक हुने क्रम बढ्न थालेको छ । यस्तैमा सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आयो दशैँ आयो’ मा कृष्ण काफ्लेको स्वर , अम्बिका गुरुङको शब्द र पुस्वोतम न्यौपानेको संगीत रहेको छ ।
भिडियोमा बर्षा सिवाकोटी , बिकास लामिछाने ,गायक काफ्ले र दिपिकाको अभिनय रहेको छ । गोदावरी आसपासमा छायाँकन गरिएको म्युजीक भिडीयोमा दशै तिहार रमालो गर्दै मनाउ भन्ने कथा बुनिएको छ ।भिडीयोमा अर्जुन तिवारीको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन , ओम प्रसाईको ड्रोन समावेश रहेको छ ।