फिल्म ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । भारतमा ‘प्रेमगन्ज’ अंग्रेजी सबटाइटल सहित नेपाली भाषामै प्रदर्शन हुनेछ । सिनेमालाई भारतमा ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन् l फिल्म कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी लगायतका सहरहरुका १०० भन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने छ । फिल्मको मुख्य भूमिकामा बेनिशा हमाल र तेज गिरी रहेका छन् l मुक्तिनाथ विकास बैङ्कका जागिर तेजले ‘प्रेमगन्ज’बाट  मुख्य अभिनेतामा डेब्यु गरेका हुन् । परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l  ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने फिल्मका निर्माता हुन् l  त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा फिल्ममा  रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली ,सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतको अभिनय रहेको छ l फिल्म आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ l