इन्टरनेट सेवा प्रदायक भायानेटले छुट अफर ल्याएको छ । क्यान इन्फाेटेक २०२२ काे अवसर पारी कम्पनीले इन्टरनेट प्याकेज खरिदमा छुट याेजना ल्याएकाे हाे ।यसअन्तर्गत ग्राहकले वार्षिक १८ हजार रूपैयाँ पर्ने २५० एमबीपीएस इन्टरनेट र तीनवटा भायाटिभी सहितकाे प्याकेज अब १५ हजार रूपैयाँमा पाउन सक्नेछन् । त्यस्तै वार्षिक २१ हजार ६०० रूपैयाँ पर्ने ३०० एमबीपीएस इन्टरनेट र तीनवटा भाया टिभी अब १८ हजार रूपैयाँमा पाइने कम्पनीले जनाएकाे छ । यी सेवामध्ये कुनै एउटा सेवा लिएमा प्रयोगकर्ताले निःशुल्क डुअल ब्याण्ड फाइबर वाई-फाई राउटर पाउन सक्नेछन् । यसैमध्ये भाग्यशाली १२ ग्राहकले १० हजार बराबरको फोरके एन्ड्रोइड टिभी बक्स पाउने पनि कम्पनीले जनाएकाे छ ।त्यस्तै वार्षिक ग्राहकले निःशुल्क इन्टरनेट जडानकाे सुविधा पाउनेछन् । क्यान अफर २०२२ अन्तर्गत प्रयोगकर्ताको भायाटिभी जडान खर्च पनि निःशुल्क हुने जनाइएकाे छ । यसैबीच क्यान इन्फाेटेक मेला अवधिभर भायानेटकाे स्टलमा ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का र निश्चल बस्नेत लगायत विभिन्न सेलिब्रेटी कलाकारकाे विशेष उपस्थिति रहेकाे छ ।मेलाकाे पाँचाैं दिन कलाकार सागर लम्साल ‘बले’, राजेन्द्र भाट ‘मिस्टर आरजे’, उर्गेन डाेङ भायानेटकाे स्टलमा अतिथिकाे रूपमा आएका थिए ।त्यस्तै क्यान मेलाकै अवसर पारी भायानेटकाे स्टल भिजिट गर्ने एक भाग्यशाली अवलाेकनकर्ताले लक्की ड्रमार्फत् ८० हजार बराबरको ५५ इन्च मि स्मार्ट टिभी जित्ने अवसर पाउने कम्पनीले जनाएकाे छ ।