‘हरितारा चलचित्र पुरस्कार’ बाट अभिनेत्री मिथिला शर्मा सम्मानित हुने भएकी छिन् l २०७७ सालको ‘हरितारा चलचित्र पुरस्कार’ बाट शर्मालाई सम्मान गरिने भएको हो l ‘हरितारा चलचित्र पुरस्कार’ फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो । वि.सं. २०५२ सालमा विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेका थिय l त्यस्तै, २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि ५० हजार छ l यसैगरी, परिवर्तन नेपालले २०७७ र २०७८ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि दश हजार छ । साथै , स्थापना वर्षको पुरस्कार कलाकार देशभक्त खनाललाई प्रदान गरिने छ l