नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा फिल्म उत्कृष्ट घोषित भएको हो l विक्रम सापकोटा निर्देशित फिल्मले प्लाटिनम रेमी अवार्ड जितेको छ । फिल्मबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका छन् भने चिन्तन राज भण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिय । महेशको अलावा फिल्ममा विनीता थापामगरको पनि अभिनय छ । फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका हुन् l फिल्मको वर्ल्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो । फिल्मलाई चाँडै नेपालका सिनेमा हलमा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ l