‘कालीप्रसाद बास्कोटाको लाइभ’ कन्सर्ट हुने भएको छ।  दरबारमार्ग स्थित क्लब प्लाटिनममा कालीको कन्सर्ट हुन लागेको हो l पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पिभिई) नेटवर्कको आयोजनामा हुन लागेको कन्सर्ट वैशाख ३१ गते हुने छ l लाइट, साउन्ड, एलइडी स्क्रिनमा बास्कोटाले प्रस्तुति दिनेछन्। कार्यक्रममा अन्य कलाकारहरूको नृत्य प्रस्तुति पनि हुनेछ l