गायक युवराज चौलागाईँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पाश्र्व गायनमा सक्रिय रहेका युवराजले ‘आँखा भित्र’बोलको नयाँ गीत दर्शकमाझ ल्याएका हुन् । सार्वजनिक गीतमा दीपिका रिमाल थापाको शब्द, राजन इसानले सङ्गीत संयोजन गरेका छन् । भूषण दाहालद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक चौलागाईं आफैँ प्रमुख भूमिकामा प्रस्तुत भएका छन् ।
भिडियोमा गायक चौलागाईलाई अनुष्का पाठक र बाल कलाकार कुशाग्र भट्टराईले साथ दिएका छन् ।गोदावरी भिलेज रिसोर्टमा छायाङ्कन गरिएको उक्त भिडियोका छायांकार धीरजजंग शाह हुन् भने भरत रेग्मीले उक्त भिडियो सम्पादन गरेका हुन् ।