फिल्म ‘ह्रस्व दीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रवार रावत र निर्माण कम्पनीबिच भर्चुअल सम्झौता भएको छ । ह्रस्व-दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दै छन् । निता फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुनेछ । आगामी साउनदेखि पहिलो चरणको छायाङ्कन सुरु हुने फिल्ममा अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहरको मुख्य भूमिका रहेको छ l नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायाङ्कन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने फिल्ममा  बलिउडका चर्चित कलाकारको पनि अभिनय रहने बताइएको छ । सिनेमामा वसन्त अधिकारी मुख्य सहायक निर्देशकको रूपमा रहनेछन् । फिल्ममा अभिनेत्री निता ढुङ्गानाको पनि मुख्य भूमिका छ ।‘ह्रस्व-दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन् । मङ्गलवार निर्माण टिमले सलोनसँग कागजी सम्झौता गरेका हुन् । मुख्य भूमिकामा सलोन फिल्ममा फाइनल भएका हुन् l