फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा प्रदर्शन हुने भएको छ । फिल्मको वितरण गर्दै आएको नेपसिनेले अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडालगायतका देशको प्रदर्शन अधिकार किनेको हो । जेठ बाट फिल्म विदेशमा प्रदर्शन हुने छ l  l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l 'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ l