फिल्म ‘छड्के २’को अडिसन डाकिएको छ l अडिसनको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले अडिसन बारे जानकारी गराएका हुन् lवैशाख १८ देखि २१ गतेसम्म हुने अडिसन भरतपुरस्थित निर्वाणा स्कुलमा राखिएको हो l अडिसनमा मार्सल आर्ट्स कला भएकालाई प्राथमिकता दिइने जनाइएको छ । आगामी असारदेखि छायांकन सुरु हुने फिल्मको कथा तथा निर्देशन निगम श्रेष्ठको रहेको छ l गत दसैँमा रिलिज मिति तोकिएको फिल्मले बल्ल निर्माणको सुरसार थालेको हो । सन् २०१३ को चर्चित फिल्मको पहिलो श्रृंखलामा कलाकारहरू सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, विपिन कार्कीको अभिनय रहेको थियो l