गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ । लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो l गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ ।
गीतमा साहस शाक्यको संगीत संयोजन छ । श्याम लामाले निर्देशन गरेको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री कविता बिस्टको अभिनय रहेको छ l दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ ।