थापा गाउँ स्थित कुञ्ज थिएटर 'गुरुकुल' मा भोलि बाट नाटक 'स्कुल' मञ्चन हुँदै छ। दिलीप बान्तवाको कथामा आधारित नाटकलाई सुरज तमूले निर्देशन र परिकल्पना गरेका हुन् l नेपाली शिक्षा प्रणालीमाथिको चिन्तामा यो नाटक घुमेको छ l सम्पूर्ण भाषालाई शिक्षा प्रणालीमा ल्याउनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ मञ्चन गरिने नाटकमा निता राई, सुभाष तिमिल्सिना, चन्द्र नेपाली, मोहन राई, सन्दीप योगी, विकास लामा, प्रतिमा राई लगायतका कलाकारहरूको अभिनय रहेको छ l नाटक वैशाख १४ गतेदेखि २८ गतेसम्म मञ्चन हुनेछ। साथै , सोमबार बाहेक हरेक दिन साँझ ५:३० र शनिवार १:३० र ५:३० मा नाटक मञ्चन गरिने छ l