न्युरोडमा रहेको फिल्म हल ‘रञ्जना सिनेप्लेक्स’ मा दर्शकले मात्र रु १७५ मा फिल्म हेर्न पाउने भएका छन् l हरेक हप्ताको बुधवार र बिहीबार मात्र दर्शकले उक्त रकममा फिल्म हेर्न पाउने छन् l  फिल्मप्रेमी दर्शकलाई मध्य नजर गर्दै हलले सो अफर ल्याएको हो l २०६५ साला बाट बन्द भएको हल अत्याधुनिक सेवा सुविधाका साथ तीनवाट पर्दा सहित केही हप्ता अघि बाट मात्र सञ्चालनमा आएको हो ।कालु गुरुङ, वीरेन्द्र महर्जन, नरेन्द्र महर्जन लगायतले मिलेर उक्त हल सञ्चालनमा ल्याएका हुन् l