काठमाडौँ महानगरको मेयरमा बाघी उम्मेदवार उठेका बालेनलाई समर्थन गर्दै सन्चाकर्मी रबी लामिछाने काँग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ । सञ्जालमा लेख्दै लामिछानेले बालेलाई समर्थन गर्दै आफ्नो अभिव्यक्ति जनाएका हुन् l उनले लेखेको स्ट्याटस यस्तो छ :‘ठुला दल काँग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरू अर्कातिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा काँग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’