फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । हाल स्क्रिप्टमा काम सुरु भइरहेको निर्माता माधव वाग्लेको भनाइ छ l फिल्मको स्क्रिप्ट निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखी रहेका छन् l सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । निश्चल यती बेला होम प्रोडक्सन फिल्म ‘जिन्दाबाद’ र ‘२ रुपैयाँ’को सिक्वेलको लेखनमा पनि व्यस्त छन् । 'लूट ३' को कहिलेदेखि छायांकन सुरु हुन्छ भन्ने निधो भने गरिएको छैन l तर लूट अघि ‘२ रुपैयाँ’को सिक्वेललाई भने छायांकनमा लैजाने निर्माण टिमको योजना छ l