फिल्म ‘मायाको माया’को शुभ साइत गरिएको छ । अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने फिल्मको मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा शुभ साइत गरिएको हो l मुहूर्तमा  फिल्मका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्ममा आना र अनुपले अनस्क्रीन रोमान्स गर्ने छन् l पारिवारिक कथामा निर्माण हुने फिल्ममा यो जोडीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् l