कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले ९०० करोड भारुको आँकडा पार गरेको छ । रिलिजको १३ दिन सम्म आइपुग्दा फिल्म यतीको आँकडा पार गरेको हो l फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६.१२ करोड भारु कमाइ गरेको छ l प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा प्रदर्शन हुनेछ । होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ l