हलिउडको फिल्म अवतारको दोस्रो भागको रिलिज मिति घोषणा गरिएको छ । ‘अवतार: द वे अफ वाटर’ लाई १६ डिसेम्बरमा विश्वभरका सिनेमा घरमा रिलिज गर्ने फिल्मका निर्माता जेम्स क्यामरुनले जानकारी गराएका हुन् l रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक गरिएको छ । एनिमेसन, भिएफएक्स र एक्सनले भरिपूर्ण अवतार २५ करोड डलरको ठुलो बजेटमा बनाइएको हो l फिल्म पुरै पानीमुनि छायाङ्कन गरिएको छ । केट विन्सलेट, साम वर्थिङ्टन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिस लगायत कलाकारहरुको अभिनय रहेको फिल्म विश्वभर १६० भाषामा रिलिज हुने छ l