फिल्म ‘वर एन्ड वधू’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एन्ट्री भएको छ । मुख्य भूमिकामा निर्माण टिमले नायिका शाहलाई फिल्ममा भित्र्याएका हुन् l मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्य 'बर र बधू' को भूमिकामा देखिँदै छन् l एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्म कमेडी रोमान्स ड्रामाले भरिने छ l वैशाख ३० गते हुने स्थानीय चुनावपछि फ्लोरमा जाने फिल्ममा किरण केसी र विजय लामाको समेत अभिनय हुनेछ । चाम्स निर्देशित ‘गोर्खा वारियर २’ निर्माणाधीन छ l