लोकरक ब्याण्ड ‘नेपथ्य’ले चर्चित गीत ‘मै मरी जाउँला..’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डको २५ वर्ष पुगेको अवसरमा केही दिन अघि म्युजिक भिडियो सार्वजनिक गरेको हो । नेपथ्यको नवौँ एल्बम ‘ऐनाझ्याल’ मा समावेश रहेको उक्त गीत केही वर्ष अगाडी सार्वजनिक भएको थियो ।

 

गीतको शब्द र सङ्गीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ । गीतमा वैदेशिक रोजगारका सिलसिलामा विदेश भासिएकाहरुका कथालाई समेटिएको छ भने सार्वजनिक भिडियोमा पनि उक्त कुरालाई प्रस्तुत गरिएको छ ।