अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पाली फिल्म ‘हनी बनी’ बाट बाहिरिएका छन् । उक्त कुराको जानकारी फिल्म निर्देशक दिवाकर भट्टराईले दिएका हुन् l सुटिङको मुखमा आएर अनमोल फिल्म बाट टाढिएका हुन् l अनमोलले यसअघि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ आदि फिल्म पनि सम्झौता पछि पनि छाडेका थिए ।   साथै  सारा भने लन्डनको भिसा नआएपछि उनी फिल्म बाट बाहिरिएकी हुन् l अब साराको ठाउँमा नायिका जसिता गुरुङ हुन सक्ने बताइएको छ l   ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई एबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो l अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l