नायिका पूजा शर्माको हिजो जन्मदिन परेको थियो l उनको जन्मदिनको अवसर पारेर पूजाका फ्यानहरूले काठमाडौँ स्थिति आनन्द होटेल नै भाडामा लिएर पूजाको जन्मदिन मनाएका थिए l उपहारमा पूजालाई फ्यानहरूले सुनका महँगा गरगहना उपहारसमेत दिएका थिय । फ्यानले पूजालाई सुनको औँठी र नेकलेस दिएका थिए l  फ्यान सँग उनले तेश्रो जन्मदिन मनाएकी हुन् l फ्यानको अघि उनले आमासँग जन्मदिन र मातातिर्थ औँसीको केक काटेकी थिइन् । दोस्रो केक उनले कोरियन फेसियल हाउसमा पुगेर काटिन जहाँ उनको साथमा प्रेमी युद्ध बानियाँ समेत थिए ।