पुरानो हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । १६ वर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्मको सिक्वेललाई निर्देशक नरेश पौडेलले निर्माण गर्न लागेका हुन् l मौनता श्रेष्ठको कथा रहने फिल्मको यती बेला स्क्रिप्टमा काम भैरहेको छ l फिल्ममा अहिलेका चल्तीमा रहेका कलाकारहरूको अभिनय रहने छ l भदौ बाट फिल्मलाई फ्लोरमा लैजाने निर्माण टिमको योजना छ l फिल्मकोपहिलो भागमा रेखा थापा, अरुणिमा लम्साल, रमित ढुंगाना, निखिल उप्रेतीको मुख्य भूमिका रहेको थियो l