स्थानीय चुनाव नजिकिए सँगै यती बेला कलाकारहरू धमाधम पार्टीमा प्रवेश गरी रहेका छन् l हालै अभिनेता भुवन केसी , कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका छन् l प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् l लोकतान्त्रिक दल नेपाली काँग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गराउन यी कलाकारलाई  माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सघाएकी हुन् l केही समय अघि नायिका करीश्मा मानन्धरले एमालेमा प्रवेश गरेकी थिइन् l