चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन नेपाल आएका छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने तयारीका साथ  गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले अल्टनलाई नेपालमा निम्तो गरिएको हो l अभिनेता अल्टनले पर्यटकीय स्थल र सांस्कृतिक सम्पदाको घुमघाम गर्ने छन् l  आगामी  जेठ १३ गते दशरथ रंगशालामा हुने कार्यक्रममा उनको पनि उपस्थिति रहने छ l नेपाल खुला रहेको सन्देश दिनका लागि मन्त्रालयले अन्य कलाकारहरूलाई पनि नेपालमा निम्तो गरी रहेको छ l कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरु र सेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।