नायिका सुहाना थापालाई घरको फिल्मले कहिले पनि छोडेको छैन l डेब्यु फिल्म देखी अहिले सम्म आउँदा पनि सुहानालाई बाहिरको फिल्ममा दर्शकले देख्न पाएका छैनन् l बाध्यताले भनौँ या बाहिरी निर्माताले फिल्मको अफर नगरेर हो , उनी घर भित्रनै थन्कीरहेकी छन् l फेरी पनि उनलाई घरकै फिल्मले मात्र पत्याएको छ l उनी यती बेला झरना थापाको आगामी फिल्म ‘भागवद गीता’ को लागि तयारी गरी रहेकी छिन् l उक्त फिल्ममा सुहाना मुख्य भूमिकामा देखिँदै छिन् l फिल्मको यती बेला अनाउन्समेन्ट टिजरको छायांकन भइरहेको छ । धार्मिक स्थल जनकपुरधाममा टिजरको छायांकन भइरहेको हो l आउँदो साउन दोस्रो हप्ताबाट छायांकन सुरु हुने फिल्मको अनाउन्समेन्ट टिजर भने यसै हप्ता सुहानाको जन्मदिनमा सार्वजनिक गरिनेछ । टिजरमा सुहाना मात्र प्रस्तुत हुनेछिन् ।  लभ स्टोरी कथामा आधारित रहेर निर्माण हुने फिल्ममा सुहानाको अपोजिटमा अरुनै नायक देखिने छन् l केही समय अघि निर्माण टिमले अभिनेता अनमोल केसीलाई नै अनुबन्धित गर्ने तयारीमा थिए l तर अभिनेता केसीले फिल्ममा इछ्या नदेखाए पछि निर्माण टिमले अरू नै नायकलाई अनुबन्धित गराउन लागेका हुन् l बुझिए अनुसार फिल्मका लागि नायकको पनि टुंगो लागिसकेको छ ।