अहिलेको समयमा नेपाली स्टारको लागि आफ्नो फ्यानहरुसंग जोडिरहनको लागि सबैभन्दा सजिलो र छिट्टो तरिका सोशल मिडिया बनेको छ। जसमा उनीहरू आफ्नो हरेक कुरा र तस्बिरहरू शेयर गर्छन् र छिट्टै भाइरल पनि हुने गर्छ। त्यसैले धेरैजसो सेलिब्रेटी इन्स्टाग्राम र फेसबुक जस्ता सोशल नेटवर्किङ साइट्सको प्रयोग गर्छन्। आज हामी तपाईँलाई यस्तै केही कलाकारको बारेमा बताउँछौ जसको इन्स्टाग्राममा सबैभन्दा बढी  फलोअर्स छ।

१) नम्रता श्रेष्ठ : नेपाली अभिनेत्रीहरूमा नम्रता श्रेष्ठको क्रेज दर्शक माझ राम्रो छ l इन्स्टामा नम्रताका ६ लाख ६३ हजार फलोअर्स छन् l नम्रता विभिन्न चर्चित चलचित्र र म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।  

२) अदिति बुढाथोकी: चलचित्र ‘कृ’बाट नेपाली चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी । यो चलचित्रमा अनमोल र उनको जोडीलाई निकै नै मन पराइएको थियो ।उनले यो चलचित्रमा अभिनय गरेपछि उनको नेपाली चलचित्र उद्योगमा एकाएक चर्चा भएको थियो । अदिति इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनलाई इन्स्टाग्रामकी क्विन पनि भन्ने गरिन्छ । इन्स्टाग्राममा उनको २.०३ मिलियन अर्थात् २३ लाख फलोअर्स छन् l 

३) स्वस्तिमा खड्का : नायिका खड्काको इन्स्टामा ९ लाख ९१ हजार फलोअर्स छन् l 

४)  इन्दिरा जोशी : गायिका इन्दिरा जोशी पनि फ्यान फलोअर्स राम्रै भएको कलाकारको सुचीमा पर्छिन् l उनको ४ लाख ६६ हजार फलोअर्स छन् l 

५) :प्रियंका कार्की : नेपाली इन्स्टाग्राम इन्फ्लुएन्सरको सूचीमा तेस्रो स्थानमा रहेकी कार्की पनि सामाजिक सञ्जालमा उत्तिकै लोकप्रिय छिन् । इन्स्टामा उनको १९ लाख फलोअर्स छन् l   

६) श्रृङ्खला खतिवडा : मिस नेपालको प्रतिस्पर्धादेखि नै राम्रो लोकप्रियता पाएकी खतिवडा पनि सामाजिक सञ्जालमा लोकप्रिय छिन l अहिले इन्स्टाग्राममा उनको १ मिलियन अर्थात् १० लाख फलोअर्स छन् ।