पाश्र्व गायनबाट चर्चा बटुलि रहेकी गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच ‘माया’ एल्बमको बिमोचन गरिएको थियो । उक्त एल्बममा समावेश भएको ‘गाँउकी गोरी’बोलको गीत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । एल्मब क्रिकोणात्मक सोलो रहेको गायिका मेलिना राईले जानकारी दिइन् । ‘एल्बममा माया मगरको एकल शब्द, उक्तम जङ्ग लिम्बुको एकल सङ्गीत र मेरो एकल स्वर रहेको कारण ‘माया’ एल्बमलाई क्रिकोणात्मक एल्बम भन्न मिल्छ। ’ मेलिना बताउछिन् । 

 


त्यस्तै सार्वजनिक भिडियोमा कलम राईको निर्देशन रहेको छ भने भिडियोमा मोडल एलिशा राई र स्वयंम गायिका राई  फिचरिङ छन् ।सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।