नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथी मार्टले नेपालको इतिहासमै पहिलो पटक सयौँ आउटलेट सुरु गरेको छ । २०७७ बाट सुरु भएको साथी मार्टले छोटो समयमानै १०० औ आउटलेट खोल्न सफल भएको हो l प्रेस सम्मेलन गर्दै मार्टको १०० औ आउट्लेट बारे जानकारी गराइएको हो l आज (मंगलबार) देखी सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए । ललितपुरको सानेपा खरिबोटमा सञ्चालनमा ल्याएको सयौँ आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत 'को को मोडल' मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेकट्रोनिक, कस्मेटिक, होम केयर, बेबी केयर, किचन बयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । २०७७ बाट सुरु गरिएको मार्टमा अहिले स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको छ। साथी मार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ। सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट www.saathimart.com मा गएर वा एप स्टोरमा उपलब्ध एप मार्फत आफूलाई चाहिएको सामान रोजी नि:शुल्क डेलिभरी मगाउन सकिन्छ ।कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, घ्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पु, हेडवास जस्ता फुड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैँ उत्पादन गर्ने चरणमा रहेको बताइएको छ l