भारतीय अभिनेता सोनु सुद नेपालकी एक बालिकाको सम्पूर्ण पढाई खर्च व्यहोर्ने भएका छन् । सुदले  मुस्कान कर्ण नामा गरेकी वीरगन्जकी एक बालिकाको पढाइ खर्च व्योहोर्ने भएका हुन् l सुदले उक्त कुराको जानकारी आधिकारिक ट्विटर मार्फत दिएका हुन् l ट्विटरमा उनी लेख्छन् :‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईँको पढाइको व्यवस्था भएको छ,’ ट्विटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । यस अघि सोनु फाउन्डेसनले सन् २०२१ मार्चमा मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च पनि व्योहोरेका थिए ।