गायक राजु लामाले सगरमाथामा एकल कन्सर्ट गरेका छन् । सामाजिक सञ्जालमार्फत कन्सर्ट गरेको लामाले बताएका हुन् l ६ हजार ५७४ मिटरको उचाइमा सफलतापूर्वक कन्सर्ट गरेको उनको भनाइ छ l लामा लेख्छन् :चुनौती स्वीकार्य’ यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए । लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका थिय l