प्रताप दास र रचना रिमालको स्वरमा समावेश ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको गीतमा बाबुल गिरीको संगीत छ ।

माइकल चन्दको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् l भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ । शिलन लम्सालको सम्पादन भिडियोमा समावेश छ l