एक क्यान्सर पीडित नेपाली दौलत बहादुर थापाको विषयलाई लिएर बनाइएको भिडियो 'जिन्दगी सँग लड्दा लडदै' सार्वजनिक भएको छ ।गीतमा सरला श्रेष्ठले शब्द रचना रहेको भने आवाज तथा संगीत नारायण ओलीको रहेको छ l गोपाल रसाइलीको एरेन्जमा रहेको गीतलाई प्रकाश खरेलले मिक्सिङ्ग गरेका छन् ।

भिडियोलाई जीवन पराजुलीले खिचेका छन् भने ओम प्रकाश अवस्थीले सम्पादन तथा निर्देशन गरेका हुन् । निर्माण टिमले भिडियो बाट आएको सम्पूर्ण रकम क्यान्सर पीडित दौलत बहादुर थापालाई दिने बताएका छन्