बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरको टेलिभिजन टक शो ‘कफी वीथ करण’ बन्द भएको छ । सञ्जाल मार्फत करणले शो बन्द भएको जानकारी गराएका हुन् l उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘कफी वीथ करण मेरो र तपाईँको जीवनको ६ सिजनको महत्त्वपूर्ण हिस्सा बनेको छ। मलाई थाहा छ कि कि हामीले यो शो द्वारा धेरै प्रभाव पारेका छौँ र पप संस्कृतिको इतिहासमा पनि आफ्नो स्थान पाएका छौँ। त्यसैले भारी हृदयका साथ म यो घोषणा गर्छु कि कफी वीथ करण अब फिर्ता हुने छैन ।’ स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो । करण जोहरले आयोजना गरेका यो शोको सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो ।