अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘मेरो पैसा खोइ !’ कार्तिक ९ गते प्रदर्शन हुने पक्का भएको छ । निर्देशकको साथै निर्माता समेत रहेका रोज राणाको अनुसार चलचित्रको फाइनल डेट कार्तिकमा रहेका बताएका छन् । हाल पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको चलचित्रको आगामी साता ट्रेलरको साथै गीत सार्वजनिक गरिने छ ।
साथै आगामी साता चलचित्रको ट्रेलर, गीत पनि सार्वजनिक गरिने छ । चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।