निर्देशक विकास आचार्य यती बेला फिल्म‘नाइँ नभन्नु ल’को छैटौँ सिरिजको तयारीमा छन् l फिल्ममा नायिका आँचल शर्मा फाइनल भइसकेकी छिन् l नायिका फाइनल भएतापनी निर्माण टिम नायकको खोजीमा छन् l तर बाहिरिए खबर अनुसार फिल्ममा नायकको पनि एन्ट्री भैसकेको छ l बुझिए अनुसार फिल्ममा नयाँ अनुहार यानिकी आर्शिवाद क्षेत्री फिल्ममा भित्रिने तयारीमा छन् l आर्शिवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन् । साथै ‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिँदै आएका बाल कलाकार अनुभव रेग्मी भने छैटौँ सिरिजमा छैनन्  । फिल्ममा काम गर्ने अन्य कलाकारको पनि निर्माण टिम यती बेला खोजी गरी रहेका छन्  l फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु हुने छ l