गायक स्वप्न सुमन विबाह बन्धनमा बाधिएका छन् l दुई दिनअघि उनले प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । स्वप्न सुमनले विवाहको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफु बिहे बन्धनमा बाधिएको जानकारी गराएका हुन् l साथै विवाह लगत्तै स्वप्नले एउटा रोमान्टिक गीत सार्वजनिक गरेका छन्, जुन उनले आफ्नी पत्नीका लागि लेखेका हुन् । कमलपोखरीको एउटा होटलमा आयोजित सानो समारोहमा परम्परागत तवरबाट उनीहरुले लगनगाँठो कसेका थिए । स्वप्नकी पत्नी ज्योत्सना पनि कलाकारिता क्षेत्रमै सक्रिय छिन् । उनले ‘म त तिम्रै हुँ’ नामक चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी थिइन्, जुन चलचित्र २०१५ मा रिलिज भएको थियो ।