फिल्म ‘के घर के डेरा’को शुभ मुर्हत गरिएको छ l जेठ २ गतेदेखि फ्लोरमा जाने फिल्मको शुक्रवार स्वयम्भूमा शुभ मुर्हत गरिएको हो ।फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् l महेश दवाडीको पटकथा र सिंगे लामाको कथा रहेको फिल्मलाई ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । दीर्घ गुरुङको छायाङ्कन फिल्ममा रहेको छ l दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, रवीन्द्र झा, वर्षा राउत र लक्ष्मी गिरीको फिल्ममा मुख्य भूमिका रहने छ l