कलाकार सन्दीप छेत्री विवादमा तानिएका छन् l सत्तारुढ गठबन्धनको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका हुन् l बिहीबार भरतपुरमा आयोजना गरेको उक्त सभामा सन्दीपले भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिँदै प्रचण्डलाई यस्तो छोरी पाएकोमा गर्व गर्नु होस् भन्ने तर्क दिएपछि उनको विवाद सुरु भएको हो l सञ्जाल उक्त भिडियो भाइरल भए सँगै कमेन्टमा सन्दीपको आलोचना भएको छ l कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् । साथै केही दर्शकले उनको टिभी कार्यक्रम बहिष्कार गर्नु पर्ने समेत लेखेका छन् l