फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ l रोमान्टिक गीत ‘उदाएर आयौ तिमी बिहानीको घाम जस्तै’ मा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ ।  एलिस कार्कीको संगीत र सुन्दर पन्तको शब्द रचना छ । फिल्म ‘लाइफ इन एलए’ को दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l 

फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् l अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा उठान गरिएको फिल्ममा ब्यास र अकेशाका अलावा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । आगामी जेठ ६ गते फिल्म प्रदर्शनमा आउँदै छ l