फिल्म 'कृष्ण लीला' र ‘माइकल अधिकारी’ एकै दिन प्रदर्शनमा आउने भएका छन् l  भदौ ३ बाट प्रदर्शनमा आउन लागेको यो दुई फिल्मलाई दीपक ओली र रञ्जित रौनियारले निर्देशन गरेका हुन् l फिल्मलाई काठमाडौँभित्र करणको कम्पनी जिजिए ग्रुप  र उपत्यकामा श्रीकृष्ण फिल्मस् र पाथीभरा फिल्मस्ले वितरण गर्नेछन् । ‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । यसै गरी ‘माइकल अधिकारी’मा भने रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन्