‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी । अदितिले मोडलिङ हुँदै रजत पटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमा रमाइरहेकी छिन् l  इन्स्टाग्राममा निकै नै सक्रिय रहने अदितिलाई इन्स्टाग्रामकी क्विन पनि भन्ने गरिन्छ । उनले इस्टाग्राममा आकर्षक तस्बिर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्बिरले उनको बेलाबेलामा मिडियामा चर्चा हुने गर्द छ । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् अदिति । उनलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या २० लाख माथि छन् । सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्बिरमा हजारौँ लाइक र कमेन्ट आउने गरेका छन् ।