बलिउड अभिनेता फरहान अख्तरले पनि हलिउड डेब्यु गर्ने भएका छन् । हलिउड सिरिज ‘मिस मार्भल’बाट उनले फिल्ममा डेब्यु गर्न लागेका हुन् l आगामी ८ जुनमा मिस मार्भल प्रिमियर हुने तयारीमा छ । साथै उनको कम्पनी एक्सेल इन्टरटनेमेन्ट र रितेश सिधवानीले नेटफ्लिक्ससँग मिलेर काम गर्दै छन् । भारतिय सञ्चार अनुसार फिल्ममा सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ लगायतको अभिनय रहेन छ l फरहान यतिबेला ‘जी ले जरा’ निर्देशन गर्ने तयारीमा समेत छन् ।