निर्देशक एनवी महर्जनले निर्देशनमा तयार भएको चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘सकस’को ट्रेलरमा प्रेम र रोमान्सको साथै भरपुर एक्सन, देखाइएको छ । कात्तिक २४ गते प्रदर्शन मिति तय भएको चलचित्रमा सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानी रहेको छ ।

 

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरूको अभिनय रहेको छ । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको सङ्गीत, गौतम राज खड्काको सम्पादन र कृष्ण श्रेष्ठको छायाङ्कन रहेको छ ।